राहदानी बारे सर्वजानिक सुचना
हालैका दिनमा जापानी येनको अमेरिकन डलरसँग भएको बिनियम दरको परिवर्तनलाई समायोजन गर्न मिति २०६९/१२/१ गते बुधवार तदनुसार १४ मार्च २०१३ देखि लागुहुने गरी नेपाली राहदानी नविकरण दस्तुर जापानी येन १५००० कायम गरिएको छ। साथै, राहदानी नियमावली, २०६७ को नियम १७ (२) अनुसार पाना च्यातिएको, केरमेट भएको वा अन्य कारनले राहदानीमा क्षति पुर्याएको वा हराएको कारणले नयाँ राहदानी लिनुपर्दा दोब्बार दस्तुर लाग्ने ब्यहोरा सम्बन्धित सवैको जानकारीका लागि अनुरोध गरिएको छ
जापानमा working visa मा काम गर्नुहुने नेपाली नागरिकलाई जरुरी सुचना
नेपाल सरकारले बिदेशमा नेपाली कामदरहरुको कल्याणकालागी श्रम स्वीकृती दिने र बेदेशमा काम गर्न जानेको लागि बिमाको अनिवार्य ब्यबस्था गरेको सन्दर्भमा जापानमा working visa मा रहनुभएका नेपालीहरुले नेपाल गएको समयमा अनिवार्य श्रम स्वीकृती र बिमा गर्नु गराउनु हुन अनुरोध छ।